नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चितवनस्थित निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला छिट्टै बनाउन पहल गर्ने बताउनु भएको छ । शनिबार क्रिकेट रंगशालको अनुगमन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफूले रंगशाला छिट्टै बनाउनका लागि थप पहल गर्ने बताउनु भयो ।
सामाजिक सञ्जालमार्फत प्रचण्डले भन्नुभयो, 'भरतपुर महानगरपालिकाको रामपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरें । रंगशालाको काम छिट्टै सम्पन्न गराउन विशेष पहल लिने प्रतिबद्धता व्यक्त गर्दै, यस रंगशालाले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गर्दछु ।'
शनिबार चितवन पुगेका प्रचण्डले चितवनको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालसहित सरोकारवाला निकायका प्रमुखसँग छलफल पनि गर्नु भएको छ । महानगर प्रमख रेनु दाहालले पनि आफूहरुले रंगशालाको काम छिट्टै सम्पन्न गर्नका लागि पहल गरेको जानकारी दिनुभयो ।