डडेल्धुरा । डडेल्धुरा प्रहरीले आलिताल गाउँपालिका ४ रज्यौडामा अवैध रुपमा राखिएको भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले दीपक सिँजालीको घरबाट एक थान र गगन बोहराको कोठाबाट अर्को एक थान गरी दुई भरुवा बन्दुक बरामद गरेको हो।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा ती बन्दुकहरु फेला पारेका थिए । दीपक सिँजाली पक्राउ परेका छन भने भने गगन बोहरा भने फरार भएका छन्।
प्रहरी निरीक्षक डम्बर बिष्टद्वारा जारी विज्ञप्तिअनुसार, पक्राउ परेका सिँजालीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। फरार बोहराको खोजी कार्य पनि जारी रहेको प्रहरीले जनाएको छ।
20 Aug 2025, Wednesday