डडेल्धुरा, भदौ १६ । सुदूरपश्चिम प्रदेशमा निरन्तर वर्षासँगै महाकाली लगायतका खोलानाला र नदीमा पानीको बहाव बढ्ने पूर्वानुमान भएपश्चात् डडेल्धुराको भागेश्वर गाउँपालिकाले उच्च सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।
गाउँपालिकाले २०८२ भदौ १६ गते रातिदेखि
१७ गतेसम्म सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेकाले विशेष सावधानी अपनाउन
आग्रह गरेको हो। नदी तथा खोलामा पानीको सतह बढ्ने, बाढी पहिरोको जोखिम उच्च हुने र यसले
जनधनको क्षति हुनसक्ने भएकाले स्थानीयवासीलाई उच्च सतर्कतासहित सुरक्षित स्थानमा
बस्न अनुरोध गरिएको छ।
गाउँपालिकाले विपद् व्यवस्थापन समितिलाई
सक्रिय रहन, वडा कार्यालयहरू,
स्थानीय प्रशासन, प्रहरी तथा सम्बन्धित निकायसँग निरन्तर
समन्वयमा रहन आग्रह गरेको छ। विपद् सम्बन्धी कुनै घटना घटेमा वा समस्या उत्पन्न
भएमा तत्काल पालिकास्तरीय विपद् व्यवस्थापन समिति, स्थानिय प्रहरी कार्यालय, वडा कार्यालय वा सम्बन्धित निकायमा
जानकारी गराउन पनि अनुरोध गरिएको छ।
गाउँपालिकाका अध्यक्ष हेमराज चटौतको
हस्ताक्षरमा जारी सूचनामा भनिएको छ, “अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कनुहुन साथै उच्च सतर्कता
अपनाउन सबैमा अनुरोध गर्दछौं।”
संपर्कका लागि गाउँपालिकाको कार्यालय र
वडा कार्यालयका निम्न आपतकालीन फोन नम्बरहरू समेत सार्वजनिक गरिएको छ।
आपतकालीन
सम्पर्क नम्बरहरू :
गाउँपालिकाको
कार्यालय :-
·
९८५८७५१७९०
·
९८६२४६४२२४
·
९८५८०१२९२०
·
९८५८७८६७९८
वडा
कार्यालय :
· ९८६८८७६६५२
·
९८४८९९११३१
·
९८४८७०६९९५
· ९८६०८१७६०१
· ९८६८३४०३९९