आज सोमबार २८ वर्ष मुनी ‘जेन–जी’ पुस्ताले काठमाडौंमा गरेको प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच जना पुगेका छन् । प्रदर्शनमा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएको बताइएको छ ।
चार जनाको ट्रमा सेन्टरमा र एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको बताइएको हो । प्रदर्शनमा १०० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूलाई सिभिल अस्पताल, एभरेस्ट अस्पताल र पाटन अस्पतालमा उपचारका लागि लगिएको छ ।
पाटन अस्पतालका डाइरेक्टर डा रवि शाक्यका अनुसार यहाँ दुई जनाको उपचार जारी छ । सरकारमाथि प्रश्न गर्दै जेन–जीले काठमाडौंमा प्रदर्शन गरेको हो ।
प्रदर्शन उग्र भएसँगै काठमाडौं प्रशासनले बानेश्वर क्षेत्रसहित विभिन्न क्षेत्रमा कर्फ्यु आदेश गरिसकेको छ । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि आज सोमबार इतिहासमै पहिलो पटक जेन–जी देशभर पुस्ताले विरोध प्रदर्शन गरेका छन् ।